देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ