युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १३ गते २०८२

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ ।४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् । युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए । पछिल्लो समय रुसले आफुले कब्जा गरेको भूभाग सम्झौताबाट नपाए लडेरै भएपनि लिने चेतावनी दिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफुहरुले बलियो, सम्मानजनक र दिगो शान्ति चाहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले अमेरिका र अन्य सहयोगीहरूको सुरक्षा ग्यारेन्टीबिना सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट अडान राख्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन सरकारले तयार पारेको रुस विरोधी प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिई तटस्थ बसेको छ । मतदानमा कूल १ सय ७ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन् ।

त्यस्तै, अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देशहरू तटस्थ बसेका छन् ।