नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै
काठमाण्डौ – नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक खेल खेल्दैछ । यो खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् । यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमवार भएको