समाजवादी क्रान्तिको नव अध्यायः युवा नेतृत्व, स्वदेशी समाधान हुनुपर्छ ः बुलेट सी
बुलेट सी । नेपालको राजनीतिक इतिहास र वर्तमान समाजलाई बुझ्दा एउटा कठोर यथार्थ हाम्रो सामु आउँछ, दलाल पुँजीवाद र विदेशी साम्राज्यवादको गठबन्धनले देशलाई घुर्कीमा राखेको छ। जनताले गरेको बलिदान र आन्दोलनहरूमाथि सधैं नयाँ–नयाँ मुखुण्डे सत्ता दलालहरूले कब्जा गरेका छन्।२००७ सालमा प्रजातन्त्रको नाममा, २०४६ सालमा बहुदलीय लोकतन्त्रको नाममा, २०६२र६३ सालमा गणतन्त्रको नाममा—हरेक पटक परिवर्तन भएको देखिए