प्यूठानबाट प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा पहिलो पटक दलितबाट प्रेम विश्वकर्मा सिफारीस - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्यूठानबाट प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा पहिलो पटक दलितबाट प्रेम विश्वकर्मा सिफारीस

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १३ गते २०८२

प्यूठान । प्यूठानबाट प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा पहिलो पटक दलित समुदायबाट प्रेम बहादुर विश्वकर्मा सिफारीस भएका छन । जिल्लामा विभिन्न ठूला –साना पाटीमा दलित वर्गले लामो वर्ष सम्म क्रियासील हुदा पनि अवसर पाउन कठिन अवस्थामा नेपाली कम्युनिष्ठ पार्टीले पहिलो पटक दलित वर्गबाट ऐरावती गाउँपालिका ३ तिल्केनी निवासी २६ वर्षका प्रेम बहादुर विश्वकर्मालाई प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा सिफारीस गरेको हो।

गरिब परिवार र दुर्गम गाउँमा जन्मिएका उनी अभाव, सङ्कट, विभेद र सङ्घर्षलाई चिरेर अगाडी बढी पढाइसँगै विद्यालयमै हुने बालक्लव र रेडक्रसमा सक्रिय एक अब्बल व्यक्ति हुन । २०७३ सालमा जिल्ला बाल सञ्जाल अध्यक्ष र २०७८ सालमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत बनेका थिए । प्यूठानमा बालविवाह न्यूनीकरण र बाल श्रम अन्त्यका लागि प्रेमले जनचेतना मुलक कार्यक्रम गरेको कारण बालविवाह हुनमा कम भएको र विद्यार्थीमा चेतना फैलाएका जिल्लाका सरोकारवालाहरुले बताउँछन । त्यस्तै विद्यार्थीहरुको पढाईमा उच्च लाग्ने फिसलाई घटाउने र विपन्न वर्गका विद्यार्थीहरुलाई अध्ययनमा जोड्ने समेत समन्व्य गरेको सँगै अध्ययन गरेका विद्यार्थीले बताउँछन ।

शिक्षा उज्यालो संसार बनाउछ स्वरोजगार भनी उनी पढाईमा निकै मिहिनत , लगनशिल भई अध्ययन गर्ने र उत्कृष्ट आउने शिक्षक शिक्षिकाले प्यूठान अनलाईनलाई जानकारी दिए । विश्वकर्मा चुनौतीसँग लड्न सक्ने र नेतृत्वदाही भुमीकामा काम गर्न सक्ने ल्यागत भएको समेत जिल्लावासीहरुले बताउँछन । देशमा दुईतिहाई सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि गत भदौ २३–२४ मा भएको जेन्जी आन्दोलनको कारण ढलेपछि संसद विघटन गरी सुशिला कार्कीको नेतृत्वमा सरकार गठन पछि आसन्न फागनु २१ गते निर्वाचन हुनेभने पछि नेपाली कम्युनिष्ठ पार्टीले जेन्जि उमेर समुहका विश्वकर्मालाई प्रत्यक्ष सांसदमा सिफारीस गरेको हो ।

विश्वकर्मा सांसदको लागी सिफारीस हुदा दलित समुदाय , विद्यार्थी, जेन्जि उमेर समुह, एवम जिल्लावासी एकदम खुसी रहेको निर्वाचनमा लागेका पार्टीहरुले दैनिकी चियाँगफमा प्रशंसा गरेको पाईन्छ । यो जिल्लामा रहेका सिङ्गो दलित समुदायको प्रतिनिधित्व समेत रहेको छ । विश्वकर्मा काठमान्डामौ राजनीति शास्त्र स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरिरहेका छन् ।उनीसहित प्युठानबाट ७ जनाको नाम सिफारिस भएको छ ।

सम्वन्धित समाचारहरु