देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा तीन दिनसम्म पानी पर्ने सम्भावना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा तीन दिनसम्म पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

आज दिउँसो विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले विभिन्न ठाउँमा पानी परेको मौसमविदले बताएका छन् ।

देशका केही ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ ।