स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २९ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण गरिएको छ । विहिवार कुलायन नेचुरल हर्वल प्रा.ली. मेचिनगर न.पा. १४ दुवागडीको सौजन्य र कुलायन नेचुरल हर्वल कृषक समुह भिगृको आयोजनामा वडावासीहरुलाई एक कार्यक्रमका विच श्रीखण्डको विरुवा वितरण गरिएको हो । खाली जमिन भएकाहरुले सदुपयोग र भोलीका दिनमा आर्थिकमा राम्रो होस भनी उदेश्यका साथ १०८ जनालाई प्रति व्यक्ति ५–१० वटा र जग्गा खाली ठाउँको आधारमा व्यवसायीक खेती गर्नेको लागी एक सय वटा गरी दुई हजार विरुवा वितरण गरिएको कुलायन नेचुरल हर्वल कृषक समुहको अध्यक्ष दिपेन्द्र कुमार साहले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । श्रीखण्ड हरुको व्यवसायीक खेती गर्न चाहनेहरुका लागी पनि चाहिने विरुवाहरु उपलब्ध गराउने अध्यक्ष साहले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अथिति रहनु भएको स्वर्गद्वारी सबडिभिजन बन कार्यलयका भिगृका सहायक बन अधिकृत विनोद कुमार साहले बादर , बनियोलले लगाईको जमिनका खेतीहरु नास गर्ने ठाउँमाहरु व्यवसायीक खेतीका लागी श्रीखण्डका विरुवा लगाउन किसानहरुलाई आग्रह गर्नुभएको थियो । सबै ठाउँमा श्रीखण्ड लगाएर खेती कहाँ गर्ने ? भन्ने प्रश्न आउन सक्छ उहाँले भन्नु भयो “श्रीखण्डको विरुवा वितरण विशेष गरी खाली ठाउँमा लगाउन र अन्नबाली खाना पुग्ने ठाउँ छोडी बादर र बनियोल जस्ता जनावरहरुले बाली नष्ट गर्ने ठाउँमा लगाउन भनेका हौ । ” साहले श्रीखण्ड विरुवा लगाउने र बचाउने उपाय जानकारी दिदै रासायनिक मलहरु प्रयोग नगर्न र रासायनिक मलहरु प्रयोग गर्ने ठाउँमाहरुमा नलगाउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत ओविराम भण्डारीले वितरण गरिएका विरुवाहरु सहि ठाउँमा लगाउन र संरक्षण गर्न किसानहरुलाई आग्रह गर्दे आयोजकलाई धन्यावाद दिनुभएको थियो । त्यस्तै कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर रोकायले स्वर्गद्वारी नगरपालिका ३ मात्र नभई सबै वडाहरुलाई श्रीखण्डका विरुवा वितरण गर्न आग्रह गर्दै अहिले लगाएका विरुवाहरु तयार हुदा भोलीका दिनमा विक्रि वितरण गर्दा किसानलाई मर्का र घाटा लाग्नी गरेर मोलमोलाई नहोस भनेर आयोजकलाई सुझाव समेत दिनुभएको थियो । राम्रो पक्षलाई सदुयोग र नचाहिनेलाई अनावस्यक रुपमा नलाग्न वडासाीहरुलाई सचेत गराउनुभएको थियो ।श्रीखण्डका विरुवाहरु तयार हुन १५देखी २० वर्ष लाग्दछ ।

कार्यक्रममा राजनितिकदलका प्रमुख तथा प्रतिनिधी, पत्रकार ,शाखाका कर्मचारी ,सबडिभिजन बन कार्यलयका भिगृका वन कार्यालयका भिगृक कर्मचारी तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।