झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान अनलाईन न्यूजडेक्स । प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर पछि ती महिलाका आफन्तले रिफर मागेर हेटौंडा नै लगेका थिए । अस्पताल आउँदा उनले सुरुमा काँचो आँप खाएको भनेर झुटो बोलेकी थिइन् । तर, चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी खाएको पत्ता लागेको थियो ।

विषादी सेवन गरेको सुरुका केही दिन सामान्य समस्या मात्रै देखिए पनि ४र५ दिनपछि असर बढ्दै गएको थियो । विषादीको असर बढ्दै गएर मिर्गौला र कलेजोमा क्षति पुगेको थियो ।ती महिलाका एक छोरा, एक छोरी र श्रीमान छन् । उनका श्रीमान सवारी चलाउने काम गर्दछन् ।

झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग चिन्ताको विषय बनेको छ । कतिपयले आफ्नो घरको आँगनको झार मार्नसमेत विष छर्किने गरेका छन् । यसले मानव स्वास्थ्य, वातावरण र जीवजन्तुलाई असर पुर्‍याइरहेको छ ।

सम्वन्धित समाचारहरु