रोल्पामा जीप दुर्घटना ः पाँचजना गम्भिर घाईते - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रोल्पामा जीप दुर्घटना ः पाँचजना गम्भिर घाईते

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २८ गते २०८२

रोल्पा । रोल्पामा जीप दुर्घटना हुदा पाँच जना गम्भिर घाईते भएका छन । बुधबार घोराहीबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको जिप रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक देवसिंह भण्डारीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो जानकारी दिएको छ । सिल्भर रङको फोर्स गाडी सडकबाट करिब २५–३० मिटर तल खसी दुर्घटना भएको खबर जिपमा सवार एक यात्री फोन पश्चात उक्त ठाउँमा पुगी घाईतेहरुलाई उपचारको लागी एम्बुलेन्स मार्फत रोल्पा अस्पताल रेउघा पठाएको प्रहरी निरिक्षक भण्डारीले बताउनु भयो ।

जिल्ला अस्पताल रेउघा उपचारको लागि पठाईएका घाइतेहरुमा इलाका प्रहरी कार्यालय घर्तिगाउमा कार्यरत प्रहरी जवान कमलेश यादवको टाउकोमा चोट अवस्था मध्यम बोल्न सक्ने, माडी गाउपालिका वडा १ आरलनेटा बस्ने बर्ष ४२ को तिलराम खत्रीको टाउकोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर , दारेकाटना बस्ने बर्ष ५५ को कमल वलीको टाउकोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर , बर्ष ६० की कौशिला वली टाउकोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर , परिवर्तन गाँउपलिका ३ बागमाराका बस्ने बर्ष २५ को पवित्रा रोकामगरको टाउकोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर, उनको श्रीमान बर्ष ३१ को भिमसेन रोका अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यस्तै माडी गाउपालिका २ घर्तिगाउमा स्मृति हस्पिटलमा पुगि उपचार भई रहेका घाइतेहरुमा माडी गाउपालिका ३ तालाबाङ बस्ने बर्ष २६ कि रेजिना रामिजाल को हातखुट्टामा सामान्य चोट अवस्था सामान्य , बर्ष १४ कि पुर्णकला बिकको हातखुट्टामा चोट अवस्था सामान्य , बर्ष १७ की शर्मिला बिकको हातखुट्टामा सामान्य चोट,अवस्था सामान्य , बर्ष १८ की एलिशा घर्तिमगर टाउकोमा सामान्य चोट, अवस्था सामान्य , बर्ष १७ को मनोज बिकको हात र टाउकोमा चोट,अवस्था सामान्य , बर्ष १४ क नबिन बिकको हात र टाउकोमा चोट,अवस्था सामान्य , माडी ५ भावाङ बस्ने बर्ष २० को बिबेक घर्तिमगर टाउकोमा चोट,अवस्था सामान्य चालक जिल्ला रोल्पा न.पा.७ दाङवाङ बस्ने बर्ष २७ को होम नारायण बि.क.को अवस्था सामान्य रहेको छ भने उनलाई प्रहरीले नियन्त्रण लिएको छ । गाडीमा सवार चालक सहित १४ जना रहेको थिए ।