आज देशभर सार्वजनिक बिदा - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज देशभर सार्वजनिक बिदा

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जलीस्वरूप असोज १ गते बुधबार देशभर राष्ट्रिय शोक मनाइनेछ ।

सो दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ । साथै, सबै कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।” सरकारको निर्णयमार्फत प्रदर्शनमा परी ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय एकता र समवेदना प्रकट गरिएको छ ।