जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २९ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । विहिबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानको सहजिकरण जन स्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकीले गर्नुभएको थिो । वर्षातको समयमा विशेष गरी भदौ र असोज महिनामा डेंगु रोग धेरै फैलन सक्ने हुनाले सचेतना मुलक अभियान गरिएको गोराथाकीले बताउनुभयो ।

डेंगु लामखुट्टेको टोकाईबाट हुने भएकाले सुत्दा झुल लगाएर सुत्ने , लामबाउले कपडा लगाउने , घर वरिपरी टायर नराख्ने , खानेपानीका ड्रमहरु तथा ट्याङ्की छोप्ने गरेमा लामखुट्टे फैलन नसक्ने भएकाले सुरक्षित रहन आग्रह गर्नुभयो। यदि डेंगु लागेको अवस्थामा नजिकैको स्वास्थय चौकी वा अस्पताल जान सल्लाह दिनुभयो । जापानिज इन्सेफलाइटिस पनि लाम खुटुटले टोकाईबाट लाग्ने रोग हो । स्क्रवटाइफस किर्नाको टोकाईबाट लाग्ने रोग हो । किर्नाले टोकेको एक हप्तामा लक्ष्यण देखा पर्ने गर्दछन । वडा अध्यक्ष कृष्ण बहादुर रोकायको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी , शिक्षक पत्रकार आमासमुह , टोल विकास समिती तथा स्थानीयहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन आधारभुत स्वास्थ्य सेवा केन्द्रको प्रमुख दुर्गा चयडाले गर्नु भएको हो ।

साथै कार्यक्रममा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानका लागी वडा अध्यक्ष रोकायको नेतृत्वमा ७ सदस्य समिति गठन गरिएको छ ।

सम्वन्धित समाचारहरु