प्यूठानमा मोटरसाइकल दुर्घटना: बुढाचौरका विराट सुनारको ज्यान गयो - Pyuthan Online
जेठ २० गते २०८३

प्यूठानमा मोटरसाइकल दुर्घटना: बुढाचौरका विराट सुनारको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ ११ गते २०८२

प्यूठानमा मोटरसाइकल दुर्घटनामा बुढाचौरका विराट सुनारको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका २८ वर्षिय विराट सुनारको ज्यान गएको हो । गएराति बागमती प्रदेश ००३ प १६२२ नम्वरको मोटरसाइकलमा बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

सुनार मृत्त अवस्थामा आईतबार विहान फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ ।

सम्वन्धित समाचारहरु