आज विश्व हात धुने दिवस मनाइदै - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आज विश्व हात धुने दिवस मनाइदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २९ गते २०८२

काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।
चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।

जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।

सम्वन्धित समाचारहरु