सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक - Pyuthan Online
असार १५ गते २०८२

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

काठमाडौ, १९ जेठ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छ ।

त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघि तीन नेताले भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ बायाँ बसेका हुन्थे भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बसेका हुन्थे । सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ । माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।