छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा स्वर्गद्वारी नगरपालिकाको आग्रह - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा स्वर्गद्वारी नगरपालिकाको आग्रह

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

६ गते जेठ ,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले भिगृ बजार क्षेत्रभित्र अनियन्त्रित रुपमा छोडिएका छाडा पशुपन्छी चौपायाहरु व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । छोडिएका छाडा पशुपन्छी चौपायाबाट सडक, चोक, खेतबारी समेतमा अतिक्रमण हानी नोक्सानी बढ्‌दै गएको र चौपायाको मृत्युसँगै वातावरणीय प्रदूषण एवम् सडक दुर्घटना समेत बढ्‌दै गईरहेको अवस्था नगरबासीहरुमा जानकारी गराउदै मङ्गलबार सुचना निकाली व्यवस्थापन गर्न आग्रह गरेको हो । ।

यस समस्याको समाधान कुनै एक पक्षको प्रयास मात्रले सम्भव नहुने हुँदा संरक्षणमा क्रियाशील सरकारी निकाय एवम् अन्य गैरसरकारी संस्थाहरू, पशु अधिकारकर्मी, सामाजिक अभियन्ता र नागरिक समाजले सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यदि कसैले अनियन्त्रित तरिकाले छाडा रुपमा पशुपन्छी चौपायाहरू (गाई, गोरु, भैंसी, सुंगुर, बड्डुर, बाख्रा, पाडा, पाडी, कुखुरा) आदि छोडेको पाइएमा नगरपालिकाद्वारा कानून बमोजिम कारवाही गर्ने चेतवानी दिएको छ ।

सम्वन्धित समाचारहरु