साता कारोबारको पहिलो दिन ९ अङ्कले बढ्यो नेप्से - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

साता कारोबारको पहिलो दिन ९ अङ्कले बढ्यो नेप्से

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर ७६ हजार तीन सय ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा वित्त समूह दुई दशमलव शून्य एक, लगानी दुई दशमलव १८ र अन्य समूह दुई दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।

बैंकिङ र वित्त समान शून्य दशमलव ८२, होटल तथा पर्यटन एक दशमलव ४१, जलविद्युत् एक दशमलव ५४, जीवन बिमा शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बिमा शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फण्डको शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६९ करोड १९ लाख ७७ हजार चार सय ११ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर शेयर आठ लाख ५० हजार आठ सय नौ कित्ता किनबेच भएको छ ।