नेप्से परिसूचक २०।५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको सेयर कारोबार - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेप्से परिसूचक २०।५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको सेयर कारोबार

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३।२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०।५६ अंकले घटेर २५४४।५९ विन्दुमा पुगेको छ।नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोड बराबरको सेयर कारोबार भयो। यसदिन ३२१ स्क्रिप्सको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ४५ लाख ८६ हजार ४११ रुपैयाँमा खरिदबिक्री भएको हो।

नेप्से घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। बुंगल हाइड्रो र बन्दिपुर केवलकारको सेयर ९।९८ प्रतिशतले बढ्दा अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५।३१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा साहस उर्जाको १४ करोड,युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ४९ वटा स्टक्सको मूल्य बढ्दा १९८ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो। आज मनु एण्ड प्रो समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।

सम्वन्धित समाचारहरु