१९ चैत । सुनको भाउ आज अहिलेसम्मकै उच्च रहेको छ । सुनको भाउ तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै,आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।