सुनको भाउ आज स्थिर, चाँदीको घट्यो - Pyuthan Online
कार्तिक २१ गते २०८२

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

काठमाण्डौं,६ जेठ । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको थियो ।