एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २२ गते २०८२

असार २२, काठमाण्डौ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी (ससुरा), ४८ वर्षीया मञ्जु गिरी (सासु), राजेन्द्रकी श्रीमती र उनका भाइको शव फेला परेको प्रहरीको भनाइ छ ।

भागी विवाह गरेका ज्वाईँ पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए । घटनामा संलग्न राजेन्द्र पनि घाइते भएका छन् । उनलाई उपचारका लागि भोजपुर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु