पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना - Pyuthan Online
श्रावण १६ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

३२ असार ।  मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तaथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ । त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँ हावाहरुको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूला तथा साना नदी र खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित भएको छ । पानी पर्नेक्रम शुरू भएसँगै रोपाइँ थप सहज हुने अपेक्षा छ ।।