प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउपालिकाबासीको जनगुनासो सुन्न गाउँ बस्तीमा पुग्नु भएको छ । शनिबार गाउपालिकाको वडा न ६ का जनाताहरुसँग प्रत्यक्ष रुपमा गुनासो सुन्न गाउँ बस्तीमा पुगेको सचिवालयले जनाएको छ। उक्त अवसरमा स्थानीयबासीहरुले आज सडक, पुल, सिंचाइ, खानेपानी, लगायतका योजना माग गरेकोले पुरा गर्न पहल कदमीको साथ लाग्ने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।
उहाँले तीन तहको सरकारको रुपमा परिभाषित गरेपनी आर्थिक रुपमा सबल नहुदा समस्या भएका कारण जनताको माग र हामीले चाहेको काम गर्न नसकेको तर प्रदेश र केन्द्र सरकारसँग पनि पहलकदमी अग्रसर भएर लागीरहेको समेत अध्यक्ष महतरा क्षेत्री बताउनुभयो । त्यस्तै कार्यक्रममा स्थानिय रुक बहादुर केसीले देश संघीय आएपछि जनताको आवश्यकता र मर्म स्थानीयसरकार भएकाले हामीले माग गरेको बातउदै समस्याहरुको समधान हुने पनि विश्वास गरेको बताउनुभएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीयहरुको बाक्लो उपस्थित रहेको थियो । त्यस्तै आजै बतासेडाडा मच्छी सडकखण्डमा भैरहेको कामको प्रगतिको समेत अनुगमन गरिएको हो ।