काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौं - Pyuthan Online
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौं

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ११ गते २०८२

काठमाण्डौ – बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा नेपाल पाँचौं भएको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको पाँचौं स्थानको प्लेअफमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो ।

नेपालले पहिलो सेट २९–२७, दोस्रो सेट २५–२० र चौथो सेट २५–१९ ले जित्यो । माल्दिभ्सले तेस्रो सेट ३७–३५ ले जित्यो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै चौथो खेलमा माल्दिभ्सलाई हराएको नेपालले हिजो पाँचौं खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

६ वटा टोली सहभागी प्रतियोगितामा माल्दिभ्स पुछारमा रहेको छ । प्रतियोगितामा आजै उपाधिका लागि तुर्कमेनिस्तान र अफगानिस्तान तथा तेस्रो स्थानका लागि बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।

सम्वन्धित समाचारहरु