प्यूठानमा पुन कोभिड खोप लगाइदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्यूठानमा पुन कोभिड खोप लगाइदै

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान। प्यूठान जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको छ । यहि साउन २७ गतेदेखि २९ गतेसम्म जिल्लाभर १२ वर्ष उमेरदेखी माथिका व्यक्तिलाई कोभिड खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले १८ हजार डोज फाइजर खोप लगाउने लक्ष्य सहित तयारी भएको र खोप पनि आईसकेको समेत जानकारी दिनुभयो ।

एउटा मात्रा पनि खोप नलगाएका देखि बुस्टर डोज खोप लगाएकासम्मलाई प्राथमिकीकरण गरि खोप दिइने प्रत्येक पालिकाहरुले तोकेको ठाउँबाट खोप लागाउन योजना भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कुल दुई लाख ३० हजार ३३५ जनसंख्यामध्ये दुई लाख ११ हजार ८२२ जना ५ वर्षभन्दा माथीको उमेरको जनसंख्या रहेको कार्यालयको तथ्यांक छ । जसमध्ये दुई लाख ८ हजार ६८८ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । दोस्रो मात्रा एक लाख ९८ हजार १३ जना, पहिलो बुस्टर एक लाख २९ हजार ८१२ र थप बुस्टर ५७ हजार ४२१ जनाले लगाएको कार्यालयको तथ्यांक छ । जिल्लामा जम्मा पाँच लाख ९३ हजार ९३४ डोज खोप लगाइको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।