प्यूठानबाट रास्वपामा २५६ जना प्रवेश - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानबाट रास्वपामा २५६ जना प्रवेश

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १ गते २०८२

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्यूठानमा २५६ जना प्रवेश गरेका छन्। आईतबार राष्ट्रि स्वतन्त्र पार्टी जिल्ला कार्य समिती प्यूठानले विजुवारमा रहेको कालिका विकास केन्द्र सभालमा गरेको पाटी प्रवेश तथा पाटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम विभिन्न पाटी परित्याग गरी तथा नयाँ २५६ जना प्रवेश गरेको जिल्ला सभापती विकास पोख्रेलले जानकारी दिनुभयो । पाटी प्रवेशीहरुमा नागरिक स्वतन्त्र मञ्च बनाएर बसेका ,जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली काँग्रेस क्षेत्र (क) का उपसभापति रेशमबहादुर ठेडी, एमालेका दलबहादुर केसी लगायत कांग्रेस–एमाले–माओवादी सहितका दलका नेता तथा कार्यकर्ता रास्वपामा गरेको सभापती पोख्रेलले बताउनुभयो ।

पार्टी प्रवेश गरेकाहरुलाई रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रदेश अध्यक्ष देवराज पाठकले सदस्यता प्रदान गर्नु भएको हो ।कार्यक्रममा महामन्त्री बुर्लाकोटीले पछिल्लो समयमा रास्वपा नै जनताको पक्ष र हितमा लागी रहेको र अवको समयमा जनताले साथ दिनुपर्ने अवस्था आएको बताउदै जनताको मर्म र समस्याहरु विशेष प्रथामिकता राखेर काम गर्ने बताउनुभएको थियो ।

त्यस्तै प्रदेश अध्यक्ष पाठकले रास्वपामा प्रवेश गरेकालाई आभार प्रकट गर्दे देशमा हामी प्रति जनता सकरात्मक भएको बताउनुभएको थियो । रास्वपाले प्युठानका सबै नौ स्थानीय तहमा संगठन विस्तार भएको जनाएको छ।