नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको नगरप्रमुख योगीद्वारा उद्घाटन - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको नगरप्रमुख योगीद्वारा उद्घाटन

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २६ गते २०८२

प्यूठान । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन गर्नु भएको छ । सोमबार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको सेवा कार्यालयको भवन एक कार्यक्रमको विच नगरप्रमुख योगीले उद्घाटन गर्नु भएको हो । झण्डै २ करोड ४७ लाख रुपियाँ लागतमा बनेको भवन र सामग्री (REED) परियोजना कार्यालय बुटवलका प्रमुख डा.उत्तम आचार्यले नगरपालिकालाई आज हस्तान्तरण गर्नुभयो।

नगरपालिकाले अब कृषि तथा पशुपन्छी सेवा सहजै उपलब्ध गराउने र नगरलाई कृषि–पशुपन्छी क्षेत्रमा उचित सेवा दिने लक्ष्यका साथ यो पूर्वाधार निर्माण गरिएको नगर प्रमुख योगीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । प्युठान नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपियाँ र तरकारीमा प्रतिकेजी ५ रुपियाँ उत्पादनमा आधारित अनुदान दिँदै आएको छ। नगरपालिकाले किसानलाई प्रयोगशाला सहितको सुविधा सम्पन्न सेवा कार्यालयबाट थप प्रभावकारी सेवा दिने तयारी गरेको छ।

त्यस्तै नगर प्रवक्ता सुमनराज श्रेष्ठले अवको समयमा किसानले गुणस्तरीय सेवा र परामर्श एकै स्थानबाट पाउने बताउनुभएको छ । नगरपालिकाले किसान पेन्सन कार्यक्रम समेत सञ्चालन गरेको छ । प्यूठान नगरपालिकाले नगरबासीहरुका लागी शिक्षा , कृषि , पशु र स्वास्थ्यमा विशेष प्राथमिकताका साथ काम गर्दै आईरहेको छ ।

सम्वन्धित समाचारहरु