इजरायलबाट गाजामा हवाई आक्रमण ः बालबालिकासहित ३३ जनाको ज्यान गयो - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

इजरायलबाट गाजामा हवाई आक्रमण ः बालबालिकासहित ३३ जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ ।

हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छिटपुट आक्रमणका घटना भैरहेका र त्यसलाई नजिकबाट नियालिरहेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।

हमास र इजरायलबीच युद्धविराम कायम रहनेमा आफू विश्वस्त रहेको अमेरिकी उपराष्ट्रपति जे।डी। भान्सले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘गाजामा युद्धविराम लागू छ । यसको अर्थ त्यहाँ सानातिना झडपका घटनाहरू हुने छैनन् भन्ने होइन ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा पछिल्लो पटक युद्धविराम सम्झौता भएको थियो ।

सम्वन्धित समाचारहरु