लुम्बिनीमा १५ हजार ७ सय ५५ हेक्टर धानबालीमा क्षति - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

लुम्बिनीमा १५ हजार ७ सय ५५ हेक्टर धानबालीमा क्षति

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १६ गते २०८२

दाङ। लुम्बिनी प्रदेशका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन्। वर्षाले खेतमा काटेर सुकाइएको धानमा व्यापक क्षति पुगेको छ। यसले किसानको आर्थिक अवस्था र प्रदेशको समग्र धान उत्पादनमा गम्भीर असर पुर्याएको छ। कृषि मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीका अनुसार बेमौसमी वर्षाले प्रदेशका विभिन्न जिल्लामा करीब १५ हजार ७ सय ५५ हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुर्याएको छ।

काटेर सुकाइएको धान पानीमा डुबेर नष्ट भएको छ भने काट्न बाँकी धानको बालामा पानी जम्दा अङ्कुरण हुने जोखिम बढेको छ। यसले किसानको वर्षभरिको मेहनत नष्ट गरिदिएको छ। बेमौसमी वर्षाले धानको गुणस्तर र उत्पादनमा ठूलो गिरावट ल्याउने सम्भावना रहेको छ। कृषि ज्ञान केन्द्रले किसानलाई पानी निकासको उचित व्यवस्था मिलाउन र घाम लाग्ने वित्तिकै धानलाई छिटो सुकाएर भित्र्याउन आग्रह गरेको छ। लुम्बिनी प्रदेशमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो।

सम्वन्धित समाचारहरु