बैशाख २७ गते प्यूठान । भारतीय सेनामा कार्यरत प्यूठानका एक युवाको निधन भएको छ ।निधन हुनेमा सरुमारानी गाउपालिका ५ लुकलुके निवासी २५ वर्षीय मन बहादुर बराल मगर रहेका छन् ।
कस्मिरबाट श्रीनगरतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी उनको निधन भएको हो ।उनले करिब एक वर्षअघि जीवनसंगिनी मंजु सारुलाई गुमाएका थिए । उनका चार वर्षीय छोरा युगान्त बराल छन् ।
पारिवारिक स्रोतका अनुसार उनी अन्य सैनिकसँगै भारत – पाकिस्तानबीच चलिरहेको युद्धग्रस्त क्षेत्रमा जाँदै थिए । सोही क्रममा सडक दुर्घटनामा परी उनले ज्यान गुमाएका हुन् ।