प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

चैत १६ गते शनिवार ,काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण, लुटपाट र ज्यान जाने गरी भएको घटनाका दोषीलाई  कानून अनुसार कारबाही हुने बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरेका छन् । आक्रमणकारीहरुले हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।

त्यसैको अनुगमन एवम् निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग साइनो नरहेको बताउनुभयो । 

सम्वन्धित समाचारहरु