प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन् - Pyuthan Online
चैत्र २९ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ७ गते २०८२

काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् ।

बुधवार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् ।
प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएको बताए । प्रचण्डले भने मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । अब नेतृत्व छोडी दिउँ कि क्या हो रु भन्ने लाग्छ, फेरि एक मनले सोच्छु, मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ ।

यस अघि मंगलवार एक राष्ट्रिय सभा गृहमै आयोजित गोष्ठीमा जनार्दनले पार्टीमा केन्द्रीयता हावी भएको र पटक पटक सरकारमा गएर पनि पार्टीको नीति र संबिधान अनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए । शर्माले अब पार्टीको नेतृत्व नै बदल्नुपर्ने मात्र बताएनन् त्यसका लागि आफु तयार रहेको समेत बताएका थिए ।

प्रचण्डले जनार्दनको नाम नलिएर ३६ वर्ष के गर्‍यो भन्नेलाई माओवादी धारलाई २०४८ मा एकताबद्ध गरेको, २०५२ सालमा विद्रोह गरेको, २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गरेको भन्ने जवाफ फर्काएका थिए ।

सम्वन्धित समाचारहरु