स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दि - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दि

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ४ गते २०८२

प्युठान । शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखा र बाल संस्कृति माविको कार्यालयमा तालाबन्दी लगाइएको छ । विहिबार नगरपालिकाले शिक्षक दरबन्दी मिलानको बहानामा मनोमानी ढंगले आफूखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेकाले तालाबन्दी गरेको हो बाल संस्कृति माविका व्यवस्थापन समितीका अध्यक्ष विष्णु खनाले जानकारी दिनुभयो । नगरपालिकाले २०८२ मंसिर ४ गते कार्यपालिकाको निर्णयले बाल संस्कृत माध्यामिक बिद्यालयका स्थायी शिक्षक बसन्त बहादुर खड्कालाई नगरपालिकामा कामकाजको लागि सरुवा गरेको र शिक्षक सरुवा गर्दा अध्यापन गराउन शिक्षक अभावको कारण २ महिना पहिले नगरपालिकाले शिक्षक फिर्ता गर्नको लागि १ हप्ताको अल्टिमेटम समेत दिएका थियौ तर पालिकाले कार्यन्वयन नगर्दा दिनदिनै शैक्षिक स्तर खस्केको समेत खनालले बताए।

बिद्यालय व्यवस्थापन समिति विघटन गरि सबै जिम्मा कार्यपालिकाले लिन पर्यो होइन भने बिद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार यसरी खोस्न नहुने भन्दै सरुवाको निर्णय फिर्ता नहुन्जेल चर्को आन्दोलन समेत हुने अध्यक्ष खनालले नगरपालिकालाई चेतवानी दिएका छन ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव भट्टराईले दरबन्दी मिलानका कारणले घर पायक पर्ने शिक्षकनाई मिलाएका हौ कानुन नै मिचेर शिक्षक सरुवामा हस्तक्षेप गरेका होइनौ बताएका छन ।

यो कार्यलाई भोली कार्यपालिकाको बैठक बस्ने र समधान गर्ने स्वर्गद्वारी नगरपालिकाले जनाएको छ । तालबन्दि गर्न व्यवस्थापनका पदाधीकारी , शिक्षाप्रेमी र स्थानीयको सहभागी रहेका थिए ।