लुम्बिनी सहित तिन प्रदेशमा हल्का वर्षा - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

लुम्बिनी सहित तिन प्रदेशमा हल्का वर्षा

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

काठमाण्डौ – देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ ।

अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भू–भागको पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै गण्डकी, लुम्बिनी, बागमतीलगायत सबै प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको मौसमविद् हरि प्रसाद दाहालले बताउनुभयो ।यस्तै आज उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले हाज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।