नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै - Pyuthan Online
जेठ २० गते २०८३

नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै

सन्तोष सुनार
सन्तोष सुनार
मंसिर २४ गते २०८२

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीले भोली मंशिर २५ गते विहिबार प्यूठान जिल्लाको विजुवारमा एकता सन्देश सभा गर्ने भएको छ । देशको परिस्थती अनुसार राष्ट्रको बचाउ र संविधान रक्षाको लागी कम्युनिष्ट पाटीहरु एक ढिक्का भएर अगाडी बढेको नेपाली कम्युनिष्ट पार्टी प्यूठानले मंशिर २५ गते विहिबार विजुवारमा एकता सन्देश सभा गर्न लागेको यज्ञ बहादुर केसी (प्रभात)ले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

कार्यक्रमको सम्बोधनमा प्रमुख अथितीको रुपमा पुर्व उपप्रधान तथा गृहमन्त्रि बामदेव गौतम, विशेष अथितीमा पुर्व मन्त्रि बेदुराम भुषाल , चक्रमणी खनाल (वलदेव) र सञ्चार तथा सुचाना प्रविधि मन्त्रि रेखा शर्मा आउन लागेको केसीले बताउनुभयो ।

उक्त कार्यक्रममा जुम्रीदेखी बाजा सहित ¥याली प्रद्धर्शन विजुवार सम्म गरिने भएको छ ।