अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८३

काठमाण्डौ — अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक – दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।

यस्तै भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक– दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मंगलवार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकोले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाइँ गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाइँका लागि आवश्यक वर्षा हुने मौसमविद्को अनुमान छ ।

मंगलवारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ । अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसुन अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सम्वन्धित समाचारहरु