जापानमाथि नेपालको ५ विकेटको जित - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जापानमाथि नेपालको ५ विकेटको जित

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २४ गते २०८२

काठमाडौँ । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै जापानका बलर शोमा स्लाटरले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी(फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २(२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले समुह बी मा दुवै खेल जितेर समुह विजेता हुदै २ अंक लिएर सुपर सिक्समा पुगेको छ । त्यस्तै हारपछि पनि समुह बी बाट उपविजेता हुदै जापान सुपर सिक्समा पुगेको छ । यद्यपी जापान अंक विहिन हुदै सुपर सिक्स खेल्ने छ ।योसंगै नेपाल र जापानसंगै युएई र कतार सुपर सिक्समा पुगेका छन् ।

सम्वन्धित समाचारहरु