सुनको भाउ तोलाको ३ लाख नाघ्यो - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ ९ गते २०८२

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा एकैदिन २ सय ७० रुपैयाँले बढेर तोलाको ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ ५ हजार ९ सय ७० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो ।