स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । अभियानका क्रममा डेंगु रोकथामका लागी टायर घर वरिपरी नराख्ने , खानेपानीका ड्रमहरु , ट्याङ्कीहरु छोपेर राख्ने , गमलामा रहेको पानीमा सरसफाई गर्ने , शौचालमा राखिएको बाल्टिहरुमा पानी भरेर नराख्ने , सुत्दा झुल लगायर सुत्ने लगायत विषयमा सचेतना गराइएको केसीले बताउनुभयो ।

त्यस्तै जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस सम्बन्धि अभियानमा जानकारीदिएको छ ।विभिन्न रोगहरुबाट बच्न तिन स सम्बन्धि सचेतना दिएको थियो । जसमा सफा भान्सा , सफा चर्पी र सफा आगन तथा हराभरा करेशाबासी हो । यि कुरामा ध्यान दिएमा र सफा राखेमा विभिन्न रोगहरुबाट बच्न सकिने स्वास्थय शाखाले जनाएको छ । अवको समयमा प्रत्येक शुक्रबार विद्यालय , संघ संस्थाहरुले योअभियान सञ्चालन गरिने र शनिबार गाउँको टोल विकास समिती मार्फत घरघरमा गरिने भएको छ । भोली १ गते पनि सारीमा गरिने जनस्वास्थ्य निरिक्षक दुर्गा गोाथोकीले बताउनुभयो । गाराथोकीले भन्नुभयो,“ हामी सिकाउछौ सबैले व्यवहारीक रुपमा लिए र ध्यान दिएमा डेंगुें बच्न र बचाउन सकिने बताउनुभयो ।” प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा समिती गठन समेत गरिएको छ ।

डेंगु लागेको संका लागेमा नजिकैको स्वास्थय चौकी तथा अस्पतालमा गई चेक गर्न स्वर्गद्वारी नगरपालिकाले जनाएको छ । यदि सकरात्मक भएमा डाक्टरको अनुसार औषधी खान , सरसफाई गर्न , नआत्तिन्न अनि सुक्षित बस्न र खाननपिनमा जोड दिन अनुरोध गरिएको छ ।