दैनिक एक हजार मात्र राहदानी वितरण गरिने - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १७ गते २०८२

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ ।
त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर(टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्वन्धित समाचारहरु