प्यूठानमा बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्यूठानमा बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण

सन्तोष सुनार
सन्तोष सुनार
चैत्र ७ गते २०८२

प्यूठान । प्यूठानमा बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण गरिएको छ । “सफा भान्छा स्वस्थ परिवार” नराको साथ हक्स पावर नेपाल कम्पनी विरगञ्जको उद्पादन , विकास सरोकार समाज (डिकोस)को साझेदारी र प्राक्टिकल एक्सन नेपालको सञ्चालनमा प्यूठान जिल्लाका स्थानीय तहसँग समन्व्य गरी छ हजार दुई पर्ने चुल्होलाई संस्थाले साठ्ठी प्रतिशत अनुदान मार्फत तिन हजार सात सय छुट दिई उपभोक्ताले चालीस प्रतिशत दुई हजार पाँच सय लागतमा आजका दिन सम्म बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण गरिएको कलस्टर अधिकृत कुम पुनमगरले जानकारी दिनुभयो ।

यस चुल्होको मुख्य उदेश्य भनेको सफा भान्छा , स्वस्थ परिवार तथा समाज रहेको छ । उक्त चुल्हो प्रयोग गर्दा कम धुवाँ हुने , छिटो समयमा खाना पाक्ने र कम दाउँरा लाग्ने र विजुलीबाट बाल्ने चार्ज, व्याट्री सहित रहेको अधिकृत पुनमगरले बताउनुभयो । समन्व्य भएका स्थानीय तहका बस्तीहरुमा पुगी चुल्हो बाल्ने तरिका सिकाई तथा अभिमुखीकरण कार्यक्रम गरी उपभोक्ताको माग अनुसार चुल्हो वितरण गरेको समेत पुनमगरले बताउनुभयो ।

चुल्हो वितरण गर्दा सुरुसुरुमा कम माग भएपनि लगेका उपभोक्ताले प्रयोग गर्दा निकै राम्रो र सुलभ भएको बताएको र पछिल्ले समयमा धेरै चुल्हो खपत भएको क्लिन इनेर्जी प्रेम बहादुर बुढाथोकी र फिल्ड सहायक इमान सिंह घर्तिमगरले बताउनुभयो । यस चुल्हो स्वर्गद्वारी नगरपालिकामा एक हजार पाँच सय पन्ध्र, गौँमुखी गाउँपालिकामा एक हजार दुई पचाँस , नौबहिनी गाउँपालिकामा एक हजार पाँच सय पचाँस , झिमरुक गाउँपालिकामा एक हजार छ सय पचाँस , माण्डवी गाउँपालिकामा एक हजार एक सय पचाँस , सरुमारानी गाउँपालिकामा एक हजार सात सय, मल्लरानी गाउँपालिकामा एक हजार पचाँस , र ऐरावती गाउँपालिकामा दुई हजार तिन सय तिरण गरिएको हो भने प्यूठान नगरपालिकामा वितरणगर्न बाकि रहेको छ ।

चुल्होको समय समय रेकदेख तथा अनुगमन, उपभोक्ताले प्रयोग गर्दा आउने समस्याहरुको सयमै समधान गरीदिन जनप्रतिधिले सुझाव दिएका छन भने आयेजकले समस्याको समधान सयमै गर्ने वितरक संस्थाले जनाएको छ । चुल्होको चार्ज र व्याट्रीको एक वर्ष वारेन्टि छ भने र चुल्होको पाँच वर्ष वारेन्टि रहेको छ ।

सम्वन्धित समाचारहरु