सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशीघ्र उपलब्ध गराइदिन भनिएको छ ।

शिक्षा मन्त्रालयले जिल्ला, पालिका, विद्यालयको नाम, जग्गाको क्षेत्रफल, भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा त्यसको विवरण खुलाएर पठाउन निर्देशन दिएको छ । विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरेको शिक्षामन्त्री महावीर पुनले बताउनुभयो ।

अहिले देशभर ३५ हजार ४ सय ४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन् । यसअघि शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।