विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा आज राति पौने १ बजे समूह ‘आई’ का २ वटा खेल हुँदैछन् । अमेरिकाको बोस्टन रङ्गशालामा नर्वे र फ्रान्स तथा क्यानडाको टोरन्टो रङ्गशालामा सेनेगल र इराक खेल्दैछन् ।

विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्स र नर्वेले पहिलो २ खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन् ।

यो खेल जित्ने टोली समूह विजेता बन्नेछ । गोल अन्तरका आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छन् । यो समूहका सेनेगल र इराक अङ्कविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

उपाधि दाबेदार फ्रान्सका केलियन एमबाप्पे र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतिक्षित छ ।

सन् १९९८ र २०२८ मा गरी दुई पटक उपाधि जितेको फ्रान्स साविक उपविजेता पनि हो ।

एमबाप्पे र हालान्ड समान ४ गोलसहित गोल्डेन बुट दौडमा पनि रहेका छन् ।

विश्वकपमा भोलि बिहान पौने ६ बजे समूह ‘एच’ का २ वटा खेल हुँदैछन् । अमेरिकाको हस्टन रङ्गशालामा नवप्रवेशी केब भर्डे र साउदी अरेबिया तथा मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा उरुग्वे र स्पेन खेल्दैछन् ।

तालिकामा स्पेन ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित उरुग्वे दोस्रो तथा केब भर्डे तेस्रो र १ अङ्कसहित साउदी अरेबिया पुछारमा छ ।

विश्वकपमा भोलि बिहान पौने ९ बजे समूह ‘जी’ का २ वा खेल हुँदैछन् । क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरान खेल्दैछन् ।

तालिकामा इजिप्ट ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा १ अङ्कसहित न्युजिल्यान्ड पुछारमा छ ।

सम्वन्धित समाचारहरु