प्युठान अनलाईन न्युज डेक्स । प्युठान जिल्लाको पहिलो तथा ऐतिहासिकको रुपमा रहेको श्री मुक्ति मा.वि प्युठान नगरपालिका ३ रातामाटाको व्यवस्थापन समिति अध्यक्षमा ईश्वर जि.सी (जाल) निर्विरोध रुपमा चयन हुनभएको छ । आईतवार जनप्रतिनिधी, समाजसेवी लगायत बैठकबसी जिसीलाई निर्विरोध रुपमा चयन गरिएको हो ।
जिसीले शिक्षा संकाय क्षेत्रमा स्नातकोत्तर समेत गर्नुभएको छ । जिसी शिक्षा क्षेत्रमा एक अब्बल र बौद्धिकमा समेत परिचित हुनुहुन्छ । उहाँले विगत २०७० सालबाट प्युठान नगरपालिका २ क्वाडीमा राप्ति सागर कम्प्युटर इन्षिच्युटबाट कम्प्युटर कक्षा ,लोक सेवा आयोगका कक्षाहरु , शिक्षक सेवा आयोगका कक्षाहरु सञ्चालन गर्दै आउनु भएको छ ।
जिसीले समाजमा रहेका दिनदुखी , गरिब तथा निम्न वर्गहरुलाई शिक्षा क्षेत्रमा जोडिदिने तथा सहयोग गर्दे आईरहनु भएको छ ।