४ पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

४ पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३१ गते २०८३

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन् । समूह ‘ई’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो । जर्मनीले अहिलेसम्म सन् १९५४, १९७४, १९९० र २०१४ मा गरी ४ पटक उपाधि जितेको छ । विश्वकपमा जर्मनीको यो २१औँ सहभागिता हो ।

कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो । कुराकाओ क्षेत्रफल र जनसङ्ख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनोट हुने सबैभन्दा सानो देश हो ।

कुराकाओको क्षेत्रफल ४४४ वर्गकिलोमिटर र जनसङ्ख्या झन्डै १ लाख ५८ हजार रहेको छ ।

फिफा वरीयतामा जर्मनी १०औँ र कुराकाओ ८२औँ स्थानमा छ ।

यस्तै आज राति समूह ‘एफ’ का नेदरल्यान्ड्स र जापान खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको डलास रङ्गशालामा शुरू हुनेछ ।

विश्वकप फुटबलमा भोलि बिहान ३ वटा खेल हुँदैछन् । बिहान पौने ५ बजे फिलाडेल्फिया रङ्गशालामा समूह ‘ई’ का आइभरी कोस्ट र इक्वेडर खेल्दैछन् । यस्तै बिहान पौने ८ बजे मेक्सिकोको मोन्टेरी रङ्गशालामा समूह ‘एफ’ का स्वीडेन र ट्युनिशिया खेल्दैछन् ।

सम्वन्धित समाचारहरु