आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाझिपुरका दिनेश नेपाली यतिबेला आँप बटुल्न, संरक्षण गर्न र बेच्न व्यस्त छन् । २८ वर्षीय दिनेश आफ्नो जमुना बगैचामा पाकेका आँप बेचेर वार्षिक दुई लाख कमाउँछन् ।

एसएलसी उत्तीर्ण नभएपछि कामको खोजीमा भरत पुगेर केही वर्ष विताएकाका दिनेश वैदेशिक रोजगारको लागि दुवई र कतारमा समेत २र२ वर्ष काम गरेर गाउँ फर्किए ।

आफ्नै देशको माटो र आफ्नै बाबु बाजेले जोगाएर राखिदिएको गाउँको घरमा फर्किएपछि उनी २०७८ देखि आँपको संरक्षण र मलजल गर्ने कार्यमा जोडिए ।

उनको जिजुहजुरबुबाले भारतिय सैनिकबाट अवकास हुँदा ५० हजारमा किनेको करिब ६० रोपनी जग्गामा हुर्किएका आँप आज उनको आय आर्जनको माध्यम बनेको छ ।

आठ दशकअघि हजुरबुबाले लगाएका आँपका बिरुवा अहिले ठूला रूखमा परिणत भएको र त्यसैले वार्षिक दुईलाखसम्म आम्दानी दिएको दिनेश बताउँछन् ।

माडीखोला नजिकै भएपनि पिउन र बोटविरुवा, तरकारी लगाउन पानीको निकै अभाव रहेको अवस्थामा पनि त्यो बेला विरुवा लगाइयो । आज त्यो विरुवाको फल मात्र हामीले खाएका छैनौं, त्यही आँप बेचेर नुन(तेल, लत्ताकपडा समेत किन्न सजिलो भएको छू दिनेशकी हजुरआमा हुमा सार्कीले विगत स्मरण गर्दै भनिन् ।

तत्कालिन अवस्थामा करिब एक सय आँपहरु लगाएको र बोटविरुवा बचाउन आफुले माडीखोलाबाट पानी बोकको हुमालाई आजपनि सम्झना छ । संरक्षण र व्यवस्थापन नहुँदा केही आँपका बोटहरु मरेको तथा मानिसहरुले भाचिदिएको भएपनि हाल बगैचामा ४५ वटा आँपको बोटहरु रहेको दिनेशले  बताए ।

आफुले हेरचाह र संरक्षण गर्न लागेपछि २०८० सालमा २ लाख बराबरको आँप विक्री गरेको र यो वर्ष २ लाख ५० हजार रुपैया आर्जन गर्ने लक्ष्य रहेको उनले बताए । सबै एकैनासका मान्छे कहाँ हुन्छन र रु धेरै आँप त चोरी हुन्छ । हामीले दुख गर्छौं तर हाम्रो दुख लुट्ने मान्छे पनि समाजमा छन् । उनले भने, चोरी नहुने हो भने आगामी वर्ष तीन लाखको आँप बेच्न सक्छु जस्तो लाग्छ ।

दिनेशले व्यापारीको माग अनुसार रोल्पाको सुलिचौर बजार, लिवाङ बजार र प्यूठानका विजुवार, जुम्री लगायतका ठाउँमा लगेर आँप विक्री वितरण गर्ने गरेको बताए । उनले प्रति केजी एक सयका दरले आँप विक्री गरेका छन् । आँप किन्न बगैँचामा पनि दिनमा ७/ ८ जना दैनिक आउने गरेको उनले सुनाए ।

दिर्घकालीन रुपमा विभिन्न पेशामा लागेका किसानहरुलाई स्थानीय सरकारले संरक्षण, अनुगमन तथा हौसलाको लागि अनुदान दिएमा फलफुल र तरकारी जिल्लामा बाहिरबाट ल्याउन नपर्ने अवस्थाको सिर्जना गर्न सकिने उनको भनाई छ ।