कैलाली । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो ।मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिबाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ ।