तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो - Pyuthan Online
कार्तिक ६ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज ९ गते २०८३

रुपन्देही– रुपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेको र बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

लुम्बिनीमा उच्च सतर्कतासहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ । लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।

यस्तै नुवाकोटको त्रिशूली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सडकबाट सकेसम्म यात्रा नगर्न भनिएको छ ।

तिनाउ, त्रिशूलीसहित बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ ।

पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी–सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि आइतवारसम्म नै देशका धेरै ठाउँमा वर्षा हुनेछ ।

सम्वन्धित समाचारहरु