दिहाल्नामा कात्तिक ७ देखि १५ गतेसम्म खुला टी–२० क्रिकेट प्रतियोगिता हुने - Pyuthan Online
कार्तिक ५ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

दिहाल्नामा कात्तिक ७ देखि १५ गतेसम्म खुला टी–२० क्रिकेट प्रतियोगिता हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज ९ गते २०८३

प्यूठान । प्यूठानको दिहाल्नामा तेस्रो संस्करणको लालीगुराँस कप टी–२० खुला क्रिकेट प्रतियोगिता हुने भएको छ ।दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा आउँदो कात्तिक ७ देखि १५ गतेसम्म झिमरुक गाउँपालिका–८, दिहाल्नास्थित प्रस्तावित लालीगुराँस रंगशाला खुला क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई व्यवस्थित र प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय तथा जिल्ला स्तरमा रहेका खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागिएको अध्यक्ष गोविन्द गिरीले जानकारी दिए ।खेलकुद मार्फत युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने तथा दिहाल्ना क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न योगदान पुर्‍याउने उनको विश्वास छ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।