प्यूठान अनलाई न्यूज डेक्स । लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।
टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ । टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो ।