कविता ः देशप्रेम
हेमन्त पाठक रगतको रङले रंगिएको धर्ती,घामको उज्यालो, चन्द्रको शीतलता यहीँ।पर्खालको ईँटामा होइन,हाम्रो मुटुमा बस्छ– मातृभूमि। हावा बग्दा सुगन्ध यो माटोको,नदी बग्दा स्वर यो इतिहासको,पर्वत जस्तै अटल रहौं,देश प्रेमको ढाल बनेर। स्वार्थ भन्दा माथि उठौं,सपना भन्दा अगाडि देश राखौं,जिन्दगीको मूल्य त यही हो,आफ्नो जन्मभूमि– हाम्रो नेपाल। पाठक पत्रकार एवम् समाजसेवी हुन ।